
मुम्बइ । बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका ऋषिको मुम्बइस्थित सर एचएन रिलायन्स फाउन्डेशन हस्पिटलमा बिहीबार बिहान निधन भएको हो ।
ऋषिका भाइ बलिउड अभिनेता रणधिर कपुरले उनको निधनको खबर सार्वजनिक गरेका हुन् । ऋषिको निधनप्रति बलिउडनका थुप्रै कलाकारहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत ऋषिको निधन भएको र यस खबरबाट आफू विक्षिप्त भएको प्रतिक्रिया दिए । यस्तै अक्षय कुमारले इरफानको निधन लगत्तै ऋषिको निधन भएकोमा बलिउडमा दुस्वप्न भएको बताएका छन् ।
अघिल्लो दिन बुधबार मात्रै बलिउडका अर्का कलाकार इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस