
काठमाडौं । सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न नेपाल पत्रकार महासंघले सरकारसँग माग गरेको छ । कोरोनाले संकट निम्त्याएको भन्दै महासंघले यस वर्षको रोयल्टी र नवीकरण शुल्कमा पूरै छुट दिन माग गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई बिहीबार ज्ञापनपत्र पठाउँदै महासंघले विभिन्न करमासमेत छुट दिन माग गरेको छ। ज्ञापनपत्रमा विद्युत, टेलिफोन र इन्टरनेट महसुल छुट तथा कागजसहितका अन्य प्रेस सामग्री खरिदमा पनि कर छुटसहितको राहत प्याकेज घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।
महासंघले कोरोनाबाट अतिप्रभावित जिल्लाका फिल्डमा खटिइरहेका पत्रकारको तत्काल स्वास्थ्य परीक्षण र बिमा र आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस