aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

विदेशबाट फर्किएकाको परीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
विदेशबाट फर्किएकाको परीक्षण

सिन्धुपाल्चोक । रोजगारी र विभिन्न प्रयोजनमा विदेश गई फर्किएकामध्ये सिन्धुपाल्चोकमा एक तिहाइको मात्र स्वास्थ्यजाँच गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार चैत महिनामा विदेशबाट जिल्लामा ३६३ जना फर्किएकामा हालसम्म १२० जनाको स्वास्थ्यजाँच गरिएको छ । यी सबैको र्यापिड डायग्नोस्टिक टेस्ट (आरटीडी) गरिएको हो ।

यसैगरी जिल्लाभित्र रहेका मुस्लिम समुदायका ८८ मध्ये ५३ को परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँले जानकारी दिए । परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यसैबीच नेपाल इञ्जिनीयरियर्स एशोसिएशन वाग्मती प्रदेश र सिन्धु इञ्जिनीयरिङ समाज नेपालले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई कोरोना भाइरसको स्वाब सङ्कलन तथा परीक्षणका लागि स्वाब संकलन बुथलगायत आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस