aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

तरकारी किन्न निस्किएका युवक दुलही लिएर फर्किए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
तरकारी किन्न निस्किएका युवक दुलही लिएर फर्किए

भारत । भारतको उत्तर प्रदेशको गाजियाबादमा लकडाउनको बेलामा तरकारी किन्न बजार गएका एक अविवाहित युवकले दुलही लिएर घर फर्केका छन् । 

साहिबाबादका ती युवकले अचानक दुलही लिएर आएपछि आमा तीनछक्क परिन् । युवकले आफ्नी प्रेमिकालाई पत्नी बनाएर ल्याएका थिए । रिसाएकी आमाले बुहारीलाई घरमा पस्नै नदिएपछि परिवारै प्रहरीकहाँ पुगेका थिए । 

दुलहीको वस्त्रमा युवती अनि उनका पति युवक दुवै प्रहरी चौकी पुगे । युवककी आमा पनि त्यहाँ पुगिन् र लकडाउन उल्लंघन गर्ने छोरोलाई घरमा पस्न नदिने बताइन् । 

उनले भनिन्, ‘तरकारी किन्न गएको छोरो केटी लिएर पो घर आउँछ ।’ आमा केही गरी नमानेपछि प्रहरीले दुलाहा दुलहीलाई अर्कै घरमा भाडामा बस्न भनेको छ । 

युवककी आमाले बिहे भएको हो कि हैन कसरी पत्याउने, कुनै प्रमाण उपलब्ध छैन भनिन् । युवकलाई यसबारेमा सोध्दा मन्दिरमा विवाह गरेको बताए । एजेन्सी 

प्रतिक्रिया दिनुहोस