aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पाँचथर हत्याकाण्ड : आशंका गरिएका कान्छा ज्वाइँको शव पनि झुण्डिएको अवस्थामा फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ जेठ २०७६
पाँचथर हत्याकाण्ड : आशंका गरिएका कान्छा ज्वाइँको शव पनि झुण्डिएको अवस्थामा फेला

काठमाडौं, जेठ ७ ।  नौ जनाको ज्यान लिने गरी भएको पाँचथर हत्याकाण्डमा आशंका गरिएका व्यक्ति झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 
प्रहरीको प्राम्भिक अनुसन्धानका क्रममा स्थानीयबासीसँग प्रहरीले सोधपुछ गर्दा मृतक बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिमतर्फ आशंका सोझिएकोे थियो । तर, घटनास्थलभन्दा करिब डेढ घण्टा परको दूरीमा मानबहादुरको शव झुण्डिएको  अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मानबहादुरको श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि हाल पारापाचुकेको प्रक्रिया रहेको बताइएको छ । उनकाी श्रीमती माइतीमा बस्दै आएको र ससुरालीसँग पनि उनको सम्बन्ध बिग्रिएकाले प्रहरीले उनलाई आशंका गरेको थियो ।
मानबहादुर हत्या प्रकरणमा संलग्न थिए, थिएन भन्ने विषयका साथै उनको मृत्युलाई समेत जोडेर प्रहरीले एकीकृत अनुसन्धान शुरु गरिरहेको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस