aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

३० थान थर्मल गन सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
३० थान थर्मल गन सहयोग

काठमाडौं ।  कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तिकरण अभियानले ललितपुर महानगरपालिकालाई ज्वरो नाप्ने उपकरण (थर्मल गन)  सहयोग गरेको छ ।  

तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई ३० थान थर्मल गन हस्तान्तरण गरिएको हो । महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कार्यकारी प्रमुख प्रेम प्रसाद भट्टराई, वडा  अध्यक्षहरू लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  

‘कोरोनाको सन्त्रास विश्वमा छाएको छ । यसलाई जित्न हामी सबै हातेमालो गरेर अघि बढ्नुपर्छ, अन्यथा कोरोनाले हामीमाथि विजय प्राप्त गर्नेछ, तसर्थ यसलाई परास्त गर्न हामी सबै एकजुट हौ ।’ संस्थाकी अध्यक्ष कुन्ती पोखरेलले भनिन् ।  

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख चरीबाबु महर्जनले तारामण्डललाई धन्यवाद दिँदै भने ‘लकडाउन सकिए लगत्तै एस. इ.इ परीक्षा हुनेवाला छ । हामीकहाँ ४२ वटा परीक्षा केन्द्र छन् । त्यसको लागि हामीलाई उपकरणको कमी भइरहेको थियो । उहाँहरूले सहयोग गर्नुभएकोमा एकदमै धन्यवाद दिन चाहान्छौं ।’

संस्थाले यसअघि पनि थुप्रै सामाजिक कार्य गर्दै आएको छ ।  कोरोना महामारी सङ्क्रमण तथा नियन्त्रणमा संस्थाले आहम भूमिका निर्वाह गर्दै यस अघि काठमाडौँ महानगरपालिका सहित बुढानीलकण्ठ, कीर्तिपुर तथा टोखा नगरपालिकाका अति विपन्न, असहाय र मजदुर परिवारलाई राहत वितरण गरेको छ । 

यसका अतिरिक्त संस्थाले काठमाडौँ वडा न. ९ का २६० परिवार सहित सरकारी होस्टेलका विद्यार्थी, भाडामा बसेर पढ्दै गरेका विद्यार्थी, बाल आश्रम र पशुपति क्षेत्रमा भएका गरिब , विपन्न परिवारलाई राहत सामग्री वितरण गरिसकेको छ । 

संस्थाले गत वैशाख ११ गते रक्तदानका कार्यक्रम पनि आयोजना गरेको थियो जसमा ६६ जनाले रक्तदान समेत गरेका छन् । आगामी दिनमा पनि सहयोगको प्रक्रियालाई निरन्तरता दिने संस्थाकी अध्यक्ष पोखरेलले जानकारी दिइन् । ललितपुर महानगरले सहयोगको प्रशंसा गर्दै धन्यवाद पत्र समेत प्रदान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस