aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई साढे २५ लाख धरौटीमा छाड्न आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई साढे २५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश दिएको हो । 

अदालतले २५ लाख ५० हजार धरौटी दिए पुर्पक्षका लागि थुनामुक्त गर्नु भन्ने आदेश दिएको थियो । अग्रवालले धरौटी बुझाउँछु भनेपछि छोड्ने आदेश दिइएको बताइएको छ । 

जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ परेका थिए । 

प्रतिक्रिया दिनुहोस