
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म नेपालमा ५८ हजार भन्दा बढिको कोरोना परिक्षण गरिएको बताएका छन् । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले ५८ हजार बढिकोे कोरोना परिक्षण गरिसकिएको र बिहीबार नयाँ संक्रमित फेला नपरेको बताएका हुन् ।
उनले हालसम्म नेपालमा ५७ जना संक्रमित फेला परेका छन् भने १६ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
प्रवक्ता देवकोटाका अनुसार हालसम्म १२ हजार ११ जनाको पीसीआर परीक्षण र ४६ हजार ८६० जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६८२ जनाको परीक्षण भएको छ ।
प्रदेश १ मा ४९८५, प्रदेश २ मा ५४५६, बागमती प्रदेशमा ८३६१, गण्डकी प्रदेशमा ५४११, प्रदेश ५ मा ३७९९, कर्णाली प्रदेशमा ५४३६ र सुदूरपश्चिम प्रदेशमा १३४११ जनाको आरडीटी परीक्षण गरिएको छ ।
हाल क्वारेन्टाइनमा २३ हजार ३३६ रहेका छन् भने ८० जना आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस