
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा धेरौटी बुझाएर रिहा भएका शंकर ग्रुपका मालिक शुलभ अग्रवाल फेरि पक्राउ परेका छन्। अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको बताए । उनले अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने बताए ।
अग्रवाल गत चैत २५ गते तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ परेका थिए । आज साढे २५ लाख धरौटि बुझाएर रिहा हुने वित्तिकै पुनः पक्राउ परेको हुन् ।
प्रतिक्रिया दिनुहोस