aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

काठको किलाले हिर्काइ श्रीमतीको हत्या गर्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
काठको किलाले हिर्काइ श्रीमतीको हत्या गर्ने पक्राउ

सिन्धुपाल्चोक । आफ्नै श्रीमती ३० वर्षीया अस्मिता तामाङको हत्या गरेको अभियोगमा हेलम्बु गाउँपालिका-७ बंगारे बस्ने ३५ वर्षीय राम बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले आफ्नैश्रीमतीलाई काठको किला प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हेलम्बु र ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 
 

प्रतिक्रिया दिनुहोस