aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

लकडाउन अवधिभर घरधनीले भाडा माग्न नपाउने, छुट नदिए स्थानीय तहले कारवाही गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
लकडाउन अवधिभर घरधनीले भाडा माग्न नपाउने, छुट नदिए स्थानीय तहले कारवाही गर्ने

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका डेरावाललाई भाडा मागेर तनाव नदिन सरकारले आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका हुन् । 

सरकारले घरधनीलाई लकडाउन अवधिभर भाडा नमाग्न र पछि वातावरण सहज भएपछि माग्न अनुरोध गरेको हो । कोभिड–१९ को विषम परिस्थितिसँग जुधिरहेकाहरुका लागि आर्थिक प्याकेज ल्याएको सरकारले एक महिनाको घरभाडाको छुट दिन समेत संबन्धित घरधनीहरुलाई अपिल गरेको छ ।

यदि त्यसो नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत अगाडि बढाउने जनाएको छ । यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय सरकारले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस