
काठमाडौं । अनेरास्ववियूका नेताहरुको पहलमा कोरोनाको कारण दैनिक जीवन गुजारा गर्न मुस्किल परिरहेका विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् । अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका अनेरास्ववियूका पूर्व नेता राजु नेपालले आर्थिक सहयोग गरेका छन् ।
अखिलका वर्तमान नेता सुदेश पराजुलीको नेतृत्वमा राहत वितरण भैरहेको जनाएको छ । पराजुलीको नेतृत्वमा अनेरास्ववियूका केन्द्रिय सदस्यहरु महेश श्रेष्ठ, अशोक थापा मेघनाथ चापागाईँ, अखिलका पूर्व नेता अशोक रावल लगायतले बुधबार र बिहिबार गरि ७० जना भन्दा बढी विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् ।
उनीहरुले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरुलाई उनीहरुको बासस्थान नजिकै पुगेर राहत वितरण गरेका थिए । राहत प्याकेजमा चामल, दाल, नुन, तेल, साबुन लगायतका सामग्री समावेश गरिएको छ । नेप्लिज सोसाइटी अफ टेक्सास (अमेरिका)का कार्यकारी सदस्य समेत रहेका अखिलका पूर्व नेता नेपालले अमेरिकामा पनि नेपाली समुदायहरुका लागि सामाजिक काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस