aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

कस्तो छ आजको मौसम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ बैशाख २०७७
कस्तो छ आजको मौसम ?

काठमाडौं । आज देशको पश्चिमी भू-भागमा मौसममा पूर्ण बदली तथा मध्य र पूर्वी भू-भागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबार राति देशको पश्चिमी पहाडी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने छ ।

पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा शुक्रबार राति मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस