
एजेन्सी । भारतको रिलायन्स इन्डस्ट्रीज लिमिटेड (आरआईएल) को कारोबारमा कोरोना भाइरसको ठूलो असर परेको छ । आर्थिक वर्ष २०२० को चौथो त्रैमासिकमा कम्पनीको वार्षिक नाफा लगभग ३९ प्रतिशतले गिरावट भई ६३४८ करोड भारुमा झेको छ ।
तेस्रो क्वाटरमा आरआईएलको नाफा ११६४० करोड भारु रहेको थियो। पछिल्लो वर्षको सोही अवधिमा कम्पनीको नाफा १०,३६२ करोड भारु थियो । रिलायन्स इन्डस्ट्रीजको चौथो क्वाटरमा ४२६७ करोड भारु खुद घाटा भएको छ । रिलायन्स इन्डस्ट्रीजको आम्दानी वार्षिक आधारमा थोरै गिरावट आएको देखिए पनि यो २.३ प्रतिशतले घटेको छ ।
यस अवधिमा टेलिकाम भेन्चर जियोले चौथो क्वाटरमा राम्रो प्रदर्शन गरेको छ । जियोको नाफा वार्षिक आधारमा १७७.५ प्रतिशत र चौथो त्रैमासमा ७२.७ प्रतिशतले बढेर २३३१ करोड भारु रहेको छ ।
कम्पनीको परिष्कृत व्यापार अघिल्लो त्रैमासिकमा १.०३ लाख करोडको तुलनामा चौथो त्रैमासिकमा ८४८५४ करोड भारु पुगेको छ । बजार पूँजीकरणका सवालमा भारतको सबैभन्दा ठूलो सूचीकृत कम्पनी रिलायन्स इंडस्ट्रीजले पनि बोर्ड बैठकमा प्रति शेयर ६ रुपैयाँ ५० पैसा लाभांश प्रस्तावलाई अनुमोदन गरेको छ ।
प्रतिक्रिया दिनुहोस