aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

चीनको वुहान प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको ट्रम्पको खुलासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ बैशाख २०७७
चीनको वुहान प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको ट्रम्पको खुलासा

एजेन्सी । अमेरिकी जासुसी संस्थाले नै कोरोना भाइरस मानव निर्मित नभएको बताइरहेका बेला त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अनौठो दाबी गरेका छन् । उनले चीनको वुहान सहरको एक प्रयोगशालामा यसको विकास गरिएको प्रमाण नै आफूसँग रहेको भन्दै सबैलाई चकित पारेका हुन् । 

बिहीबार उनलाई एक पत्रकारले तपाई यती आत्मविश्वास सहित कसरी कोरोना भाइरस चीनको वुहान सहरमा रहेको इन्स्टिच्युट अफ भाइरोलोजीमा नै उत्पादित हो भन्न सक्नु हुन्छ ? के तपाइसँग कुनै प्रमाण छ ? भनेर सोधेका थिए ।

त्यसको जवाफ दिने क्रममा उनले, ‘हो मसँग प्रमाण छ ।मलाई के लाग्छ भने विश्व स्वास्थ्य सङ्गठनलाई चीनको प्रचारप्रसार गर्न लाज लाग्नु पर्ने हो । डब्लुएचओ चीनको जान सम्पर्क कार्यालयको जस्तो काम गरिरहेको छ ।’

ट्रम्पले चीनले यो गल्तीले गरेको हो या जानीजानी गरेको हो भन्ने थाहा नभएको समेत बताए । यो कुनै लक्ष्य साँध्न गरिएको थियो कि भन्दै उनले किन त्यो समयमा मानिसहरूलाई हुवेइ प्रान्त भन्दा चीन कै अरू सहर ज्जना दिइएन तर अन्य मुलुक जान दिइयो भन्ने आफूले नबुझेको बताए । 

पुरै चीनमा मानिसहरूको आवागमन रोकिएको तर बाहिरी देशमा जान दिइएकोमा उनले संशय प्रकट गरेका थिए । उनले भने, ‘यो निकै कठिन प्रश्न हो र यसको जवाफ प्राप्त हुन बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस