
एजेन्सी । कोभिड १९ को उपचारका लागि रेमडीसीविर औषधिले काम गर्न थालेको समाचार आउन थालेको छ । अमेरिकीका संक्रामक रोग विशेषज्ञ एन्थोनी फौसीले रेमडिसिविर औषधिले कोरोना भाइरसको महत्त्वपूर्ण क्लिनिकल परीक्षणको प्रारम्भिक नतिजालाई भाइरस विरूद्ध लड्न थालेको बताएका छन् ।
प्रारम्भिक परिणामहरूमा रेमडिसिविर औषधि दिइएका बिरामीहरूले ३१ प्रतिशत छिटो रिकभर भएको समाचार प्राप्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रेमडीसीविर औषधिको परिक्षणलाई खोप बनाउने दिशामा द्रुत गतिमा अघि बढाइएको छन ।
कोविड १९ लाई रेमडीसीविर औषधि दिएकाहरु ११ दिनमा नै ठिक भएर घर फर्किएका थिए । प्लेसीबोबाट उपचार गरिएहरुलाई ठिक हुन १५ दिन लागेको थियो ।
प्रतिक्रिया दिनुहोस