
एजेन्सी । आखिर चीनको सामुन्ने युरोपियन युनियनको कुनै जोर नचलेको पुष्टि भएको छ । यसअघि चीनलाई गम्भीर आरोप लगाउँदै प्रकाशित गरेको एक रिपोर्टको पुनर्लेखन गरिएको छ ।
यो कुरा युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ वारेलले इन्कार गरेका छन् । उनी चीनको दबाबमा सो रिपोर्ट सच्चाइएको स्वीकार गरिरहेका छैनन् भन्ने बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
तर, यो विषयमा वारेलसँग युरोपेली संसद्मा एक घण्टासम्म बयान लिइएको थियो । पहिले नै लिक भएको र एक पत्रिकामा प्रकाशित सो रिपोर्टमा कोरोना भाइरसको बारेमा चीनले सूचना लुकाएको र समयमा नै विश्वलाई जानकारी नदिएर गम्भीर अपराध गरेको भन्ने उल्लेख थियो ।
तर, त्यसपछि चीनको उच्च राजनीतिक नेतृत्वले नै सो कुरा सही नभएकोले सच्चाउन दबाब दिएको समाचार यसअघि नै प्रकाशित भएका थिए ।
चीनको लगातारको दबाब पछि सो रिपोर्टको केही भाग पुनर्लेखन गरिएको दाबी समाचारहरूमा गरिएको छ । अहिलेको रिपोर्टमा चीनको कम आलोचना छ । न्यु योर्क टाइम्सले इयुले चीनको दबाबमा रिपोर्ट परिवर्तन गरिएको भन्दै समाचार प्रकाशित गरेको छ ।
प्रतिक्रिया दिनुहोस