
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ गतेबाट लागु भएको लकडाउनका कारण देशका विभिन्न ठाउँमा अलपत्र परेका मुगु जिल्लाका चार स्थानीय तहमध्ये तीन स्थानीयतहका ६ हजार ७६५ जना जिल्ला भित्र्याएका छन् ।
अध्ययन, रोजगारी तथा औषधोपचारको लागि काठमाडौँ, नेपालगन्ज र सुर्खेत लगायत शहरमा रहेका ६ हजार ७६५ जनालाई कर्णाली प्रदेश सरकार र जिल्लाका चार स्थानीय तहमध्ये तीन (छाँयानाथ रारा नगरपालिका, सोरु र मुगुम कार्मारोङ गाँउपालिका) ले उद्धार गरी जिल्ला भित्र्याएका हुन् ।
बिहीबार मात्र काठमाडौँमा रहेका आफ्ना बासिन्दालाई छाँयानाथ रारा नगरपालिकाले १२ र सोरु गाँउपालिकाले १२ गरी जम्मा २४ बस मार्फत ८६५ जनालाई भित्र्याएको छ । बैशाख १२ गतेदेखि हालसम्म जिल्लामा भित्रिनेको संख्या ६ हजार ७६५ जना पुगेको जिल्ला प्रहरी कार्यालयका मुगुले जानकारी दिएका छन ।
प्रतिक्रिया दिनुहोस