
कपिलवस्तु । कपिलवस्तु यशोधरा वडा नं ८ का वडाध्यक्ष साबुद्धिन मुसलमानमाथि गोली प्रहार भएको छ । खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडाध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको हो।
गोली प्रहार भएपनि वडाध्यक्ष मुसलमानलाई भने गोली नलागेको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने २५ वर्षीय महोम्मद हुसेन मुसलमान पक्राउ परेका छन् भने अर्का एक जना फरार रहेका छन् । फरार रहेकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस