
एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणमा देखिने सबैभन्दा स्पष्ट लक्षण हो, खोकी । तर, खोकी रोक्न सामान्यतया प्रयोग गरिने औषधि भने कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित बिरामीको लागि अझ बढी घातक हुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
अमेरिकाबाट प्रकाशित लस एन्जलस टाइम्सका अनुसार डेस्ट्रोमेथोरफान नामक रसायनयुक्त खोकी रोक्ने औषधिले कोरोनाका बिरामीलाई लाभ भन्दा हानि पुर्याउने देखिएको छ । हालै गरिएको नयाँ अनुसन्धानबाट प्रायजसो खोकीको औषधिमा प्रयोग हुने कतिपय रसायनले कोरोना भाइरसलाई अझ बिस्तार गरेको पाइयो ।
अनुसन्धानकर्ता नै अचम्ममा परेको सो प्रयोगमा जब खोकीको औषधिमा कोरोना भाइरस हालियो तिनीहरूको सङ्ख्यामा गुणात्मक ढङ्गले बृद्दि भयो । यो अनुसन्धानपछि डेस्ट्रोमेथोरफान नामक रसायन भएको खोकी कम गर्ने औषधि सेवन गरेका बिरामीको मृत्युको कारण शायद यही नै पो थियो की भन्ने समेत अनुमान गरिएको छ । त्यसैले अहिले उनीहरूले डाक्टरलाई त्यस्तो औषधि कोरोनाका सङ्क्रमितलाई नदिन सल्लाह दिएका छन् ।
डेस्ट्रोमेथोरफान खोकीको औषधिमा प्रयोग हुने त्यो रसायन हो जसले सेवन गर्ने मानिसको मस्तिष्कमा खोकी रोक्ने सन्देश प्रवाह गर्छ । संसारभर पाइने खोकी कम गर्ने औषधिहरू जस्तै रोबीटुसीन, बेन्ल्यालिन, डेकुइल/नाईकुइल लगायतका औषधिमा डेस्ट्रोमेथोरफान रहेको हुन्छ ।
पेरिस स्थित पास्टर इन्स्टिच्युटमा गरिएको एक अनुसन्धानमा कोरोना सङ्क्रमित बाँदरमा डेस्ट्रोमेथोरफान प्रयोग गरेर समेत हेरिएको थियो । जसबाट यसले भाइरस थप बढाएको फेरी पुष्टि गर्यो । अहिले यो सम्बन्धी अनुसन्धानात्मक लेख नेचर नामक जर्नलमा प्रकाशित गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस