aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भारतमा खाना पकाउने ग्यासको मूल्य घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ बैशाख २०७७
भारतमा खाना पकाउने ग्यासको मूल्य घट्यो

भारत । भारतमा खाना पकाउने ग्यासको मूल्य घटेको छ। इन्धन मार्केटिङ कम्पनीहरुले आजदेखि सिलिन्डरमा १६२ भारु मूल्य घटाएका हुन्।

भारतमा प्रत्येक महिनाको पहिलोदिन ग्याँसको मूल्यमा हेरफेर हुने गरेको छ। आजसहित लगातार तीन महिना भारतमा ग्याँसको मूल्य घटेको हो।

भारतिय सञ्चार माध्यमका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा अनुदान बिनाको ग्यास प्रति सिलिन्डर ७४४ भारुबाट घटेर ५८१ भएको छ। त्यस्तै मुम्बइमा ७१४ बाट घटेर ५७९ भारु भएको छ। त्यस्तै कलकत्तामा १९० भारु घटेर ५८४ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस