aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

त्रियुगा नगरपालिकाको विशेष घोषणाः ‘एक श्रमिक एक निःशुल्क खाता, विपद्का बेला हामी छौँ साथ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ बैशाख २०७७
त्रियुगा नगरपालिकाको विशेष घोषणाः ‘एक श्रमिक एक निःशुल्क खाता, विपद्का बेला हामी छौँ साथ’

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरुको लागि विशेष राहत प्याकेज घोषणा गरेको छ । त्रियुगा नगरभित्रका मजदुरहरुको नाममा निशुल्क रुपमा ‘एक श्रमिक एक निःशुल्क खाता, विपद्का बेला हामी छौँ साथ’ भन्ने विशेष राहत प्याकेज घोषणा गरेको हो । 

त्रियुगा नगरपालिकाले विशेष राहत प्याकेज घोषणा गर्दै भनेको छ, “विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीले सबैभन्दा ठुलो क्षति श्रमिक वर्गमा परेको छ । यस्तो बेलामा स्थानिय सरकारको हैसियतले नगरभित्रका श्रमिकहरुको थप टेवा दिन निशुल्क बैंक खाता सञ्चालनमा ल्याउने घोषणा गर्दछौँ ।” 

यस कार्यक्रम अन्र्तगत प्रत्येक मजदुरको नाममा त्रियुगा नगरपालिकाले एक सय रुपियाँ बराबरको बैंक खाता खोलिदिने भएको छ। त्रियुगा नगरभित्र कार्यरत असंगठनित मजदुरहरु (डकर्मी, सिकर्मी, सबै किसिमका चालक, कृषी मजदुर, ठेलागाडा, रिक्सा चालकलगायत सबै क्षेत्रका ज्यालादारी तथा करारमा रहेका मजदुरहरु)को लागि राहत प्याकेज रहेको त्रियुगा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार नेपाल सरकारले घोषणा गरेको एक नेपाली एक बैंक खाता कार्यक्रमको एक सय रुपियाँ थप गरि जम्मा दुई सय रुपियाँको पूजिँ भएको निशुल्क बैंक खाता सञ्चालन हुनेछ ।  


 

प्रतिक्रिया दिनुहोस