
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । आज बाँकेका ६० वर्षीय र रुपन्देहीका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५९ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बाँकेका ६० वर्षीय संक्रमितलाई सुशील कोइराला अस्पतालको आइसोलेनमा ल्याइएको बताए । उनले रुपन्देहीका संक्रमितलाई भने बुटवल धागो कारखानाबाट अस्पताल ल्याइदै गरेको जनाए ।
प्रवक्ता देवकोटाका अनुसार संक्रमित मध्ये ४९ जना पुरुष र १० जना महिला रहेका छन् । जसमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन् ।
हाल ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विराटनगरको कोशी अस्पतालमा ३१ जना छन्। वीरगन्जमा ८ जनाको उपचार भइराखेको छ भने रुपन्देही, नेपालगञ्ज, धनगढी र भरतपुरमा एकएक जनाको उपचार हुँदैछ।
प्रतिक्रिया दिनुहोस