aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

घरायसी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस माग्ने पक्राउ

  • रासस
    रासस
  • शुक्रबार, १९ बैशाख २०७७
घरायसी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस माग्ने पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी झगडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाई पक्राउ गरेको छ । 

आयोगका अनुसार गौरीगंगा नगरापालिका १० का धामीले घरायसी झगडासम्बन्धी इलाका प्रहरी कार्यालय मसुरियामा दर्ता भएको मुद्दा मिलाइदिने भनी एक सेवाग्राहीसँग रु ५० हजार घुस लिएको पाइएको छ । 

आयोगले आरोपी धामीलाई बिहिबार पक्राउ गरेको भए पनि छानबिन जारी रहेकाले आज सार्वजनिक गरिएको जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी धामीमाथि अनुसन्धान भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस