aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

उपत्यकामा लकडाउन उल्लघंन गर्ने १५ सय १९ कारर्बाहीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ बैशाख २०७७
उपत्यकामा लकडाउन उल्लघंन गर्ने १५ सय १९ कारर्बाहीमा

काठमाडौं । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय २० महिला सहित  १५ सय १९  जनालाई नियन्त्रणमा लिएको छ । 

आज विहान ६ः०० बजे देखि साझ ०५ः०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  ५ सय १२ वटा दुई पाङ्ग्रे र ३८ वटा चारपाङग्रे गरी ५ सय ५० वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी १२ सय ४९, ललितपुरमा २ सय ४९ र भक्तपुरमा २१ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।  

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सबैलाई उनले आग्रह गरेका छन् । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ८८ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस