
एजेन्सी । भारतमा कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै जारी लकडाउन थप दुई हप्ताको लागि बढाइएको छ ।
त्यहाँको गृहमन्त्रालयले त्यसरी देशै भर मानिसहरूको जमघट र ओहोरदोहोरलाई बन्देज लगाउने लकडाउनको अवस्थाको अवधि बढाउने घोषणा गरेको हो ।
अब भारतमा आउँदो मे ४ तारिखपछि थप दुई हप्तासम्म लकडाउन जारी रहनेछ । भारतले कोरोनाभाइरस फैलन नदिन गत मार्च २४ मा देशव्यापी लकडाउन सुरु गरेको थियो ।
३५ हजार बढीमा सङ्क्रमण
त्यसबाट पर्ने प्रभावलाई नियन्त्रण गर्ने उद्देश्यले २३ अर्ब अमेरिकी डलर बराबरको एउटा आर्थिक सहायता कार्यक्रम पनि सार्वजनिक गरेको थियो ।
एप्रिल २५ मा भारतले कोरोनाभाइरस महामारीका फैलिन नदिने उद्देश्यले एक महिनाभन्दा बढी समय बन्द गरिएका स्थानीय किराना पसल पुन: सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
भारतमा हालसम्म ३५ हजारभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ । कोभिड १९ का कारण त्यहाँ ११ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस