
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । आज पार्टीभित्र देखिएको विवादमा सहमती खोज्न सचिवालय बैठक बोलाइएको हो ।
बुधबार बसेको बैठक बिना निष्कर्ष सकिएपछि आज फेरि बैठक बस्न लागेको हो । बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा दिन माग गरेका थिए ।
यता, आलीले भने कोरोनापछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र नेपाललाई तेश्रो अध्यक्ष बनाउने प्रस्ताब गरेका थिए ।
प्रतिक्रिया दिनुहोस