aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० बैशाख २०७७
किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उत् कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी(केसीएनए)ले दिएको खबर अनुसार शुक्रबार एक कार्याक्रममा उनी सहभागी भएका  हुन्। 

प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तमा निर्माण गरिएको एक रसायनिक मल उद्योगको निर्माण समापन पछिको उद्घाटन कार्यक्रममा शुक्रबार किम सहभागी भएको  केसीएनएले जनाएको छ। 

 

पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेको थियो ।केसीएनए समाचार एजेन्सीको रिपोर्टको अनुसार किम जोङ उनले मल बनाउने एक कारखानाको रिबन काटेर उद्घाटन गरे ।

सरकारी मिडियाका अनुसार जब उनी अगाडि आए, त्यहाँ उपस्थित मानिसहरुले तालीको गडगडाहटले उनको स्वागत गरे ।केसीएनए न्यूजका अनुसार किम जोङ उन आफ्नी बहिनी किम यो जो र थुप्रै विशिष्ट अधिकारीसँग थिए ।

यद्यपि, सरकारी मिडियोको यो रिपोर्टको स्वतन्त्र रुपमा पुष्टि भने गर्न सकिँदैन किनभने यो कार्यक्रमको कुनै पनि तस्बिर सार्वजनिक भएका छैनन् ।

यसअघि उनी अप्रिल १२ मा सार्वजनिक रुपमा देखिएका थिए । लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी गम्भीर रुपले बिरामी भएको दाबी गरिँदै थियो ।

बुधबार यस्ता अड्कलबाजी थप बढे जब अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने, ‘उत्तर कोरियाका अधिकारीले किम जोङ उनलाई पछिल्लो थुप्रै दिनदेखि देखेका छैनन् ।’

यद्यपि, दक्षिण कोरियाले भने किम जोङ उन गम्भीर रुपमा बिरामी भएको खबर सही नभएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस