
एजेन्सी । अमेरिकी कार निर्माता कम्पनीका एक संस्थापकले आफ्नो एक ट्विटका कारण अर्बौ रुपैयाँ गुमाएका छन् । अमेरिकन कार निर्माता कम्पनी टेस्लाका संस्थापक एलन मस्कको ट्विटका कारण कम्पनीको १४ अर्ब अमेरिकी डलर बराबरको कम्पनीको शेयर गुमान पुगेका छन् ।
शुक्रबार उनले आफ्नो ट्विटमा ’म आफ्नो सबै अचल सम्पत्ति बिक्री गर्छु, घर पनि राख्दिनँ’ भन्दै एक ट्विट गरेका थिए । उक्त ट्विटपछि उनको कम्पनीले शेयर बजारबाट उक्त रकम जुमाएका हुन ।
आफ्नो सम्पत्ति बेच्ने मात्र होइन, उनले ’टेस्लाको शेयर मूल्य धेरै बढी भयो’ भन्ने पनि ट्विट गरेका थिए । उनका उक्त ट्विटकै कारण शेयर बजारका लगानीकर्ताहरूले कम्पनीको शेयर बेचेको समाचारमा बिबिसीले उल्लेख गरेको छ । सोहि ट्विटका कारण उनीसँग रहेको सम्पत्ति समेत तीन अर्ब डलरले घटेको छ ।
सन् २०१८ मा पनि उनी ट्विटका कारण विवादित भएका थिए। । त्यो बेला पनि उनले न्यूयोर्क स्टक मार्केटमा टेस्लाको भविष्यबारे ट्विट गरेका कारण दुई करोड डलर त्यहो नियामक निकाय जरिवाना गरेको थियो ।
एलन मस्कका ट्विटरमा फलोअर्समात्र ३३.४ मिलियन छन् । उनले यस्तो ट्विट गरेपछि अमेरिकनहरुले गालि समेत गरेका छन् । उनलाई बेलायती सवारी चालकलाई अपशब्द लेखेर ट्विट गरेका कारण अदालतसम्म पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस