
एजेन्सी । भारतको अटोमोबाइल क्षेत्रमा कोरोना भाइरसका कारण लकडाउनबाट दैनिक २३०० करोड रुपैयाँ भारु घाटा भइरहेको अनुमान गरिएको छ । तर, हीरो साइकलका प्रबन्ध निर्देशक पंकज मुन्जालले यहि संकटको बेलामा ठूलो घोषणा गरेका छन् । पंकज मुन्जाल अटोमोबाइल उद्योगका पहिलो ठूला व्यापारी हुन् । कोरोना संकटमा उनले सरकारबाट कुनै पनि सहयोग नचाहिने बताएका छन् ।
भारतका सवारी साधन उत्पादकहरूको संघ, सोसाइटी अफ इण्डियन अटोमोबाइल मैन्युफैक्चरर्स (सियाम) ले यस क्षेत्रका कम्पनीहरूले २३०० करोड रुपैयाँ भारु घाटा हुने अनुमान गरेका छन् ।
भारतको एक पत्रिकालाई एक अन्तर्वार्तामा पंकज मुन्जालले हीरो साइकल र हीरो मोटर्सलाई कुनै सहयोगको खाँचो छैन भनेका छन् । यद्यपि उनले सरकारले वस्तु तथा सेवा कर अर्थात् जीएसटीलाई १२ बाट ५ प्रतशित घटाउने अपेक्षा गरेका छन्। उनी भन्छन, बाइकमा ५ प्रतिशतको जीएसटी सहि छ तर देशका करिब ५० करोड सर्वसाधारणले प्रयोग गर्ने साइकलमा बढी कर हो । यसमा राहतको आवश्यकता छ ।
मुंजालका अनुसार जीएसटी ५ प्रतिशत छ भने लघु, साना र मझौला उद्यम (एसएमई) क्षेत्रले गति लिन सक्ने उनको भनाई छ । यो क्षेत्र यस देशको मेरुदण्ड भएको उनको दावी छ । एसएमईहरुलाई भने सरकारको सहयोग चाहिन्छ किनकि तालाबन्दीका कारण धेरै समस्यामा छन् ।
यद्यपि हीरो मोटर्स र हीरो साइकल उनीहरूका विक्रेता र आपूर्तिकर्तालाई सहयोग पुर्याउन काम गरिरहेका छन्। उनको कम्पनीसँग १६० एसएमई सम्पर्कमा रहेको र तिनीहरूलाई अग्रिम भुक्तानी प्रस्ताव गरिएको बताए । यी सबै एसएमई उत्पादन, आपूर्ति आदिसँग सम्बन्धित छन् ।
प्रतिक्रिया दिनुहोस