aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

यस्तो छ आजको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ बैशाख २०७७
यस्तो छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमि वायुको प्रभाव र स्थानीय वायु तथा पूर्वी  भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव भइरहेको जनाएको छ । 

साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको महाशाखाले जनाएको छ । हालको देशको मौसमको अवस्था पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक वदली भइरहेको छ । 

आइतबार दिउँसो देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। राति भने  देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भू-भागका केहि स्थानहरुमा र  पूर्वी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस