aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रौतहटका कोरोना संक्रमित युवकलाई घर पठाएको एक हप्ता नबित्दै फेरि अस्पताल ल्याइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ बैशाख २०७७
रौतहटका कोरोना संक्रमित युवकलाई घर पठाएको एक हप्ता नबित्दै फेरि अस्पताल ल्याइयो

वीरगन्ज । नारायणी उपक्षेत्रिय अस्पतालबाट डिस्चार्ज भएका रौतहटका युवक एक हप्ता नबित्दै फेरि कोरोना अस्पतालमा भर्ना भएका छन् । उनलाई फेरी कोरोना पोजेटिभ देखा परेपछि शनिवार राति नारायणी अस्पतालमा भर्ना गरिएको हो ।  

अस्पतालका एक चिकित्सकका अनुसार घर गएको तीन दिन पछि गत बुधबार ३ जना स्वास्थ्यकर्मीले घरमै पुगेर खकार, सिगान र रगतको नमुना संकलन गरी फर्किएका थिए । परिक्षण गर्दा कोरोना पोजेटिभ आएकोले उनलाई शनिबार राति अस्पताल ल्याइएको हो । 

बैशाख १ गते कोरोना पोजेटिभ देखा परेपछि नारायणी अस्पतालमा भर्ना भएका ती युवकको रिपोर्ट केन्द्रिय प्रयोगशाला टेकुले १३ गते निगेटिभ भएको पुष्टि गरेको थियो । निगेटिभ रिपोर्टपछि १४ गते अपरान्ह डिस्चार्ज भएर रौतहटस्थित आफ्नो घर फर्किएका थिए । 

अस्पताल श्रोतका अनुसार शनिबार पुनः अस्पताल भर्ना भएका युवासंगै बैशाख १४ मा डिस्चार्ज गरिएका चार जनाको स्वाबको नमुना संकलन गरी फेरि पीसीआर परीक्षणका लागि काठमाडौं पठाएको छ । 

डिस्चार्ज भएको एक हप्ता पछि पुनः पोजेटिभ रहेको भन्दै नारायणी अस्पतालमा उनलाई ल्याएसँगै स्थानीयमा त्रास फैलिएको छ । 

 

प्रतिक्रिया दिनुहोस