aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

भेनेजुयलाको जेलमा भएको झडपमा ४० जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ बैशाख २०७७
भेनेजुयलाको जेलमा भएको झडपमा ४० जनाको मृत्यु

एजेन्सी। भेनेजुयलाको एक जेलमा भएको हिंस्रक झडपमा ४० जना भन्दा बढी कैदीको ज्यान गएको छ। त्यहाको पश्चिमी शहर गुआनारीको नजिक रहेको लस लानोज जेलका कैदी खाना तथा पानीको कमिको कारण आक्रोशित थिए। 

यो घटना जाँचको आदेश सरकारले दिइसकेको छ। तर, सरकारी अधिकारीहरुले भने अलग्गै दाबी गरेका छन्। उनीहरुका अनुसार कैदीले जेल ब्रेक गर्ने कोशिश गरिरहेका थिए। यो हिंसामा जेलका कर्मचारी सहित धेरै मानिस घाइते भएको बताइएको छ। 

दक्षिण अमेरिकी मुलुकहरुका जेलको अवस्था र त्यहाँका खराब व्यवस्थापनको कारण ति मुलुकहरुमा रहेका जेलमा बारम्बार झडप र हिँसा हुनेगरेको छ। 

प्रतिक्रिया दिनुहोस