
महोत्तरी । महोत्तरीको भँगाहा र बर्दिवास नगरपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । आइतबार विहान भँगाहा नगरपालिका ७ का ५४ बर्षका रुद्रनारायणसिँह दनुवारको मृत्यु भएसँगै मृतकको संख्या १२ पुगेको हो ।
यसअघि विषाक्त रक्सी खाएका कारण उनीहरुको ज्यान गएको भनिए पनि आज ज्यान गुमाएका दनुवारले कहिल्यै जाँडरक्सी नखाने गरेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
स्वाव परिक्षणका लागि काठमाडौ पठाइएको तर रिपोर्ट अझै आइनसकेको र रिपोर्ट आएपछि मात्र कारण पत्ता लाग्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस