aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

भारतीय प्रहरीको मुख्यालय नै सिल !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ बैशाख २०७७
भारतीय प्रहरीको मुख्यालय नै सिल !

एजेन्सी।  भारतीय प्रहरीको मुख्यालय (सीआरपीएफ) नै कोरोनको कारण सिल गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली स्थित सीआरपीएफको मुख्यालय आइतबार देखी सील गरिएको छ। 

एकजना सीनियर अधिकारीसँग काम गर्ने एक स्टाफमा कोरोना वायरसबाट संक्रमित भएको पुष्टी भएपछी मुख्यालय सील गरिएको हो। अब यो भवन अर्को  आदेश नआउन्जेल बन्द रहने छ। 

समाचारमा उल्लेख भए अनुसार त्यहाँका स्पेशल डायरेक्टर जनरल (एसडीजी) का एक अधिकारीका निजी सचिवमा कोरोना संक्रमण पाइएको हो जो यो मुख्यालयमा काम गर्थे। अहिले सीआरपीएफले उनीहरुको कन्ट्याक ट्रेसिंग शुरु भएको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस