aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सीमा नाका अझै कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ बैशाख २०७७
सीमा नाका अझै कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्धी केपी शर्मा ओलीले भारतबाट कोरोना भित्रिन नदिन सीमा नाका अझै कडाइ गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले भारतमा रहेका नेपालीहरुलाई ल्याउनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण रहेको बताउँदै यस्तो निर्देशन दिएका हुन् । 

बैठकमा प्रधानमन्त्री ओलीले भारतमा रहेका नेपालीको उद्धार अहिले सम्भव नभएको विश्लेषण गरेका थिए । उनले भारतमा समस्यामा परेका नेपालीहरुलाई त्यहीँ रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस