aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

निको भएर घर फर्किएका अर्का व्यक्ति पनि अस्पताल भर्ना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ बैशाख २०७७
निको भएर घर फर्किएका अर्का व्यक्ति पनि अस्पताल भर्ना

वीरगञ्ज । नारायणी उपक्षेत्रिय अस्पतालबाट डिस्चार्ज भएका अर्का एक व्यक्ति पनि अस्पताल भर्ना भएका छन् । रौतहटका युवकसँगै वीरगञ्जमा रहेका एक भारतीय जमाती निको भएर फर्किएको एक हप्ता नबित्दै फेरि कोरोना अस्पतालमा भर्ना भएका हुन् । 

अस्पतालका एक चिकित्सकका अनुसार उनलाई शरीर दुख्ने, आलस्य हुने जस्ता समस्या देखिएपछि अस्पताल आएकोले आइसोलेसनमा राखेर उपचार थालिएको छ । उनको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न पठाइएको छ । 

निको भएर घर गएका रौतहटका एक युवकलाई पनि शनिबार राति पुनः अस्पताल भर्ना गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस