
काठमाडौं । एकै दिन थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयको प्रवक्ता विकास देवकोटाले विरगन्जका एक पुरुष र नेपालगञ्जको ९ जना मा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।
शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ । जसमा ७ बर्षिय बालक पनि रहेको छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १३ हजार चार सय १४ र आरडीटी विधिबाट ५९ हजार ६ सय ८९ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ८ सय ७९ जनाको नमुना परीक्षण भएको छ। अहिले २१ हजार ९ सय बढी क्वारेन्टाइनमा छन्।
प्रतिक्रिया दिनुहोस