aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

भिरबाट लडेर एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ बैशाख २०७७
भिरबाट लडेर एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मोलुङ गाउँपालिका–६ श्रीचौरकी ६१ वर्षीय धनमाया तामाङ घाँस काट्न जाँदा भिरबाट लडेर मृत्यु भएको हो ।

आइतबार बिहान भिरबाट लडेकी तामाङलाई उद्धार गरेर स्थानीय पेशला पोलिक्लिनिकमा ल्याइएको र त्यहाँ उपचारका क्रममा मृत्यु भएको स्थानीय युवा शिवकुमार कार्कीले जानकारी दिए ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । मृतकको शव रुम्जाटार अस्पतालबाट शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस