aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपालमा पहिलोपटक ७ वर्षको बच्चामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ बैशाख २०७७
नेपालमा पहिलोपटक ७ वर्षको बच्चामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज थपिएका १० जना कोरोना संक्रमित मध्ये एक जना ७ बर्षिय बच्चा रहेको जनाएका छन् । मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जनाएका हुन् । 

नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो । तर, ती संक्रमित ७ बर्षिय बच्चा बालक वा बालिका भन्नेबारेमा उनले केही खुलाएक छैंनन् । 

एकै दिन थप १० जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस