aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

भारतमा घरजग्गा व्यवसायमा दैनिक ५ हजार करोड घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ बैशाख २०७७
भारतमा घरजग्गा व्यवसायमा दैनिक ५ हजार करोड घाटा

एजेन्सी । भारतको घरजग्गा व्यवसायमा दैनिक ५ हजार करोड घाटा भइरहेको छ । नेशनल रियल इस्टेट डेभलपमेन्ट काउन्सिल ९नारेडको० ले यूपी सरकारलाई अप्रिल १, २०२० देखि मार्च २०२१ सम्म जग्गाको किस्तहरू स्थगित गर्न र २ वर्षको लागि घर जग्गाको ऋणको रिशेड्युल गर्न माग गरेको छ । यसका साथै परियोजनाको निर्माणको म्याद ३० जुन २०२० सम्म विस्तार गर्ने माग पनि आएको छ । 

आरके अरोराले कोरोना भाइरसको गरिएका कारण  लकबडाउनले दैनिक ५००० हजार करोड रुपैयाँ भारु घाटा भइरहेको दावी गरेका छन । भारतमा मे महिनासम्म २ लाख करोड रुपैयाँ भारु घाटा भएको उनले बताए । अहिले भारतमा घरजग्गा व्यवसायमा लगानी यहि अबस्था भइरहे सम्पत्तिको मूल्य १० देखि २० प्रतिशतले घट्न चेतावनी समेत दिएका छन् ।

अब कोरोना भाइरसको कारण निर्माणाधीन अपार्टमेन्टहरूको निर्माण अझ ढिलाई हुन देखिएको छ । नारेडका अध्यक्ष आरके अरोड़ाका अनुसार  जून २०२१ सम्म गरिसकेको तर, अब फ्ल्याटको हस्तान्तरण गर्ने मिति जुन २०२३ सम्ममा बढाउनुपर्ने माग गरेका छन । 

भारतका औद्योगिक निकाय, नोएडा, ग्रेटर नोएडा र यमुना एक्सप्रेसवे औद्योगिक विकास अधिकारीहरूले निर्माणकर्ताहरूबाट करिब ३५,००० करोड रुपैयाँ भारु रकम लिन बाँकी रहेको छ । ग्रेटर नोएडाको एनसीआरका अन्य शहरहरूमा करिब एक लाख २० हजार  परियोजनाहरू निर्माणाधीन छन् । 

प्रतिक्रिया दिनुहोस