aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

चिनियाँ ल्याबमै कोरोना उत्पत्ति भएको अमेरिकी विदेशमन्त्रीको दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ बैशाख २०७७
चिनियाँ ल्याबमै कोरोना उत्पत्ति भएको अमेरिकी विदेशमन्त्रीको दाबी

अमेरिका । अमेरिकाले कोरोना भाइरसलाई लिएर फेरी एक पटक चीनलाई निशाना बनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले कोरोना भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाटै उत्पत्ति भएको जिकिर गरेका छन् । यसलाई पुष्टि गर्ने थुप्रै प्रमाण भएको उनको जिकिर छ ।

एबिसी टेलिभिजनसँगको कुराकानीमा विदेशमन्त्री पोम्पियोले चीनसँग महामारी रोक्ने अवसर हुदाहुदै पनि दुनियाँ यसको शिकार भएको भन्दै चीनले कोरोना बारेको जानकारी लुकाएको र सबैलाई भ्रमित गरेको आरोप लगाएका छन् ।

उनले कोरोना भाइरस मानिसले बनाएको हो भन्ने कुरा इन्कार गर्न नसकिने समेत बताएका छन् । उनले विश्वका कैयौं उत्कृष्ट विशेषज्ञहरुले पनि यो भाइरस मानव निर्मित भएको सोचिरहेको बताएका छन् ।

यसैबीच अघिल्लो साता मात्र अमेरिकी एजेन्सीहरुले कोरोना मानव निर्मित नभएको बताएका थिए । विदेशमन्त्री पोम्पियोले चीनले कोरोना बारे अनुसन्धान गर्न चीनले सहयोग नगरेको भन्दै उसमाथि शंका गर्ने धेरै आधारहरु रहेको बताएका छन् ।

अमेरिकाले चीनमाथि निशाना साधि रहदा विश्लेषकहरुले भने यसलाई आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसँग जोडेर हेर्न थालेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी उम्मेदवार बन्दै गरेको यो निर्वाचनमा फेरी जित हासिल गर्न उनले जानी जानी चीनलाई आरोपित गरिरहेको विश्लेषण भइरहेको छ ।

राष्ट्रपति ट्रम्पले चीनलाई लगातार आरोप लगाउदै अमेरिकाले जसरी पनि अनुसन्धन गरेरै छोड्ने बताउदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस