aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

म्याग्दी उच्च जोखिममा : एकै दिन तीन जना अस्पतालमा भर्ना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ बैशाख २०७७
म्याग्दी उच्च जोखिममा : एकै दिन तीन जना अस्पतालमा भर्ना

म्याग्दी । म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । 

बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । 

एक्कासि टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नं ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले बताए ।
 
“म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेङ्गु सङ्क्रमित भेटिएका छन्, “उनीहरूको ‘ट्राभल हिस्ट्री’ पनि छैन”, डा बस्ताकोटीले भने । वैशाख महिनामा चार पुरुष र एक महिलामा डेङ्गुको सङ्क्रमण देखिएसँगै म्याग्दी डेङ्गु रोगको जोेखिम उच्च रहेको डा बस्ताकोटीको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस