aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बिहानैदेखि उपत्यकाभित्र लकडाउनमा कडाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ बैशाख २०७७
बिहानैदेखि उपत्यकाभित्र लकडाउनमा कडाई

काठमाडौं । आइतवार लकडाउन केही खुकुलो अनुभव गरेका सर्वसाधरणले सोमवार बिहानैबाट भने थप कडाइ भएको अनुभव गरेका छन् । आज बिहानैदेखि सडकमा खटिएका सुरक्षाकर्मीले अत्यआवश्यक काम बाहेक हिंँडेका र दौडिएका सवारी साधनलाई नियन्त्रणमा लिएका छन् ।

सवारी पास भएका सवारी साधनमा पनि अनआवश्यक मानिस भए नभएको समेत चेक गरेर सुरक्षाकर्मीले छोड्ने गरेका छन् । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन र सिमा नाकामा थप कडाइ गर्न गृहमन्त्री रामबहादुर थापालाई निर्देशन थिए  ।

प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री थापाले आइतवार नै गृह मन्त्रालयमा बैठक डाकेका थिए । त्यसपछि गृहमन्त्री थापाको नेतृत्वमा बसेको बैठकलले महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका प्रहरीलाई सीमामा पठाइने निर्णय गरेको छ ।

कारागार, विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई  सीमामा पठाउने भएको हो। प्रहरीले त्यस्ता स्थानमा खटिएका सुरक्षाकर्मीको विवरण गृहमा बुझाउने छ ।

त्यसपछि गृहको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगिएपछि सेनालाई त्यस्था स्थानमा खटाइने छ । सीमाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नराकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानुनी कारवाही गर्नुपर्ने निष्कर्ष निकालेका थियो ।

त्यस्तै वैशाख २५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा समेत छलफल भइरहेको छ । तीन जोनमा विभाजन गरेर लकडाउनमा परिवर्तन गर्न तयारी भएको छ। त्यसैले सुरक्षित जोन मानिएको स्थानलाई कसरी कभर गर्ने विषयमा समेत छलफल जारी छ। उपत्यका भित्रिने नाकालाई व्यवस्थित गर्न सुरक्षा निकायले तयारी गरिरहेको छ ।

आइतवार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख, महानगरीय ट्राफिक महाशाखाका प्रमुख लगायतले नागढुंगा पुगेर उपत्यकाभित्रिने नाकाको जानकारी लिएका थिए ।
 

प्रतिक्रिया दिनुहोस