aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

भारतमा कोरोना संक्रमितको संख्या साढे ४२ हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ बैशाख २०७७
भारतमा कोरोना संक्रमितको संख्या साढे ४२ हजार नाघ्यो

भारत । भारतमा कोरोना संक्रमितको संख्या साढे ४२ हजार नाघेको छ । आइतबार एकै दिन भारतमा २ हजार ८ सय जना नयाँ संक्रमित  फेला परे संगै संक्रमितको संख्या ४२ हजार ५०५ जना पुगेको हो । 

संक्रमितमध्ये ११ हजार ७ सय ७५ जना उपचारपछि निको भएर घर फर्केका छन् । त्यस्तै, आइतबार ६८ जनाको मृत्यु भएसंगै मृतकको संख्या हालसम्म १३ सय ९१ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस