aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

मुग्लिन-नारायणगढ सडकको जलबिरेमा पहिरो, मालवाहक सवारीसाधन अलपत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ बैशाख २०७७
मुग्लिन-नारायणगढ सडकको जलबिरेमा पहिरो, मालवाहक सवारीसाधन अलपत्र

काठमाडौं । आइतबारदेखि लगातार गरेको  वर्षाका कारण पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ। मुग्लिन–नारायणगढ सडक अन्तरगत पर्ने इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान गएको पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो । 

पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधनहरु राजमार्गमा नै अलपत्र परेका ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। निरन्तर वर्षा भैरहेको कारण पहिरो हटाउने कार्य सुरु गर्न नसकिएको मुग्लिन प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस