aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
पूर्वराजाको अथाह सम्पत्ति, न्यून आय

पूर्वराजाको अथाह सम्पत्ति, न्यून आय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ जेठ २०७६
पूर्वराजाको अथाह सम्पत्ति, न्यून आय

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ। तर थोरैको मात्र उपयोग भएको छ। काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ। अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो। वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा पाएको नेपाल ट्रस्टले भाडाबापत बर्सेनि ७ करोड रुपैयाँ उठाउँदै आएको छ। 

राजा वीरेन्द्रकै पालादेखि लिजमा लिएका धेरैजसोको अवधिसमेत सकिन लागेको छ। ‘धेरैमा ६ ÷ ७ वर्ष छ, केहीको सकिनै लागिसकेको छ’, ट्रस्टका सूचना अधिकारी अमृत महर्जनले बताए। ०६४ सालमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनको परिवारको सम्पत्ति राष्ट्रियकरण गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा उपयोग गर्ने भनिए पनि व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानका लिजको अवधि बीचमा थपिएको थियो। 

उनका अनुसार गोकर्ण फरेस्ट रिसोर्टले सबैभन्दा बढी रकम तिरिरहेको छ। २ हजार ९ सय ७१ रोपनी ६ आना ३ पैसा १ दाम उपयोग गरिरहेको उसले वार्षिक २ लाख ४० हजार अमेरिकी डलर ९२ करोड ६४ लाख रुपैयाँ० ट्रस्टलाई बुझाउँछ। एलएम सुविर ब्रदर्श ९नेपाल० प्रालि र यति होडल्डिङ्स प्रालिले सन १९९५ अगस्ट १६ देखि २०२५ अगस्ट १५ सम्म ३० वर्ष लिजमा लिएको छ। 

कमलादीको काठमाडौं प्लाजाको भवन पनि राजा वीरेन्द्रको हो। ५ रोपनी २ पैसामा रहेको यो भवन २७ वर्षका लागि कन्सेप्ट डेभलपर्स प्रालिले लिजमा लिएको छ। त्यहाँबाट वार्षिक ७५ लाख रुपैयाँ ट्रस्टले भाडावापत पाउँछ। ०५० असार ३ देखि ०७७ असार २ सम्म लिजमा छ। उसको लिज अवधि ०६७ वैशाख ५ मा थप गरिएको थियो। 

लाजिम्पाटस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड रहेका भवन पनि तत्कालीन राजा वीरेन्द्रकै हो। साबिकको काठमाडौं महानगरपालिका–२ स्थित ६ रोपनी १३ आना १ दाममा फैलिएको भवन सन् २००५ मा १५ वर्षका लागि बैंकलाई लिजमा दिइएको हो। बैंकले भाडाबापत ट्रस्टलाई १ करोड ३ लाख ७१ हजार ३ सय २४ रुपैयाँ तिर्छ। ०६६ पुस २३ गते बैकसँग फेरि सम्झौता गरी लिज अवधि थप गरिएको थियो। 

१९ रोपनी १२ आनामा रहेको टेकुस्थित बिजनेस पार्क ३० वर्षको लिजमा छ। लिज ०५३ चैत २८ देखि ०८३ चैत २७ सम्म छ। यो जग्गाको अर्बौं मूल्य पर्छ। वार्षिक ४० लाख रुपैयाँ तिर्दै आएको पार्कको अवधि पनि ०६६ माघ ५ फेरि थपिएको थियो। टाउन डेभलपर्स प्रालिले त्यहाँ पार्क सञ्चालन गरिरहेको छ। अन्नपूर्ण पोस्टबाट । 

प्रतिक्रिया दिनुहोस