aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

लकडाउनबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ बैशाख २०७७
लकडाउनबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको समितिको बैठक दिउसो दुई बजेपछि सिंहदरबारमा बस्न लागेको समितिको बैठकमा लकडाउनको समय थप लगायतका विषयमा छलफल गर्ने कार्यसूचि छ ।

सरकारले यसअघि घोषणा गरेको लकडाउन २५ वैशाखमा सकिँदैछ । बैठकले सरकारलाई सरकारलाई लकडाउन थप गर्ने र केही खुकुलो गर्ने नयाँ मोटालिटीको बारेमा सिफारिस गर्ने बताइएको छ ।

देशका केही भागमा लकडाउन खुकुलो गरेपनि भारतसँग सीमा जोडिएका जिल्लामा लकडाउन खुकुलो गर्न नहुने सुझाव सुरक्षा निकायले यसअघि नै समितिलाई दिइसकेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि चैत्र ११ गतेदेखि लकडाउन जारी राखेको छ । 
 

प्रतिक्रिया दिनुहोस