
म्याग्दी । म्याग्दीमा डेंगु संक्रमणको उच्च जोखिम देखिएको छ । बेनी नगरपालिकामा तीन दिनकोबीचमा तीन जना डेंगु संक्रमित भेटिएका हुन् ।
बेनी अस्पतालमा तीन दिनमै दुई महिला र एक पुरुषमा संक्रमण भेटिएको हो । तिमध्ये एक महिला उपचारपछि घर फर्केकी छिन भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।
सदरमुकाम बेनी बजारसहित बाख्लो बस्ती रहेको ठाउँमा उच्च जोखिम रहेकोले लामखुट्टे टोकाईबाट बच्ने उपाय अपनाउन बेनी अस्पतालले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस