aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

भारतमा डाक्टरले नै गरे संक्रमितमाथि यौन दुर्व्यवहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ बैशाख २०७७
भारतमा डाक्टरले नै गरे संक्रमितमाथि यौन दुर्व्यवहार

भारत । भारतको मुम्बइस्थित एक अस्पतालमा कोरोना भाइरसका बिरामीमाथि चिकित्सकले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको छ ।  इन्डियन एक्सप्रेसका अनुसार मुम्बइको वकहार्ट अस्पतालको आईसियूमा भर्ना गरिएका ४४ वर्षीय पुरुष बिरामीले आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै ३४ वर्षीय चिकित्सकमाथि मुद्दा दायर गरेका हुन् ।

मे १ मा यस्तो घटना भएको भन्दै मुद्दा दायर भएको हो । अस्पतालले भने ती चिकित्सक एक दिनअघि मात्रै अस्पतालमा काम सुरु गरेको जनाएको छ ।

अग्रिपाडा प्रहरीले भने आरोपित चिकित्सकलाई संक्रमण भएको हुनसक्ने भन्दै पक्राउ गरी सोधपुछ गर्नुको सट्टा उनकै अपार्टमेन्टको कोठाभित्र ‘होम क्वारेन्टाइन’मा राखी अनुगमन गरिरहेको छ ।

यस्तो घटनापछि अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै आरोपित चिकित्सकलाई निस्कासन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस